एजेन्सी।

बलिउड सुपरस्टार सलमान खानले आफ्नो कथित गर्लफ्रेण्ड ‘यूलिया वंतूर’को हिन्दी भाषा सुधार्नका लागि निजी प्रशिक्षक नियुक्त गरेका छन्। सन् २०१४ मा सलमानकी बहिनी ‘अर्पिता खान’को विवाह कार्यक्रममा उनले रोमानियन अभिनेत्री ‘यूलिया वंतूर’लाई आफ्नो गर्लफ्रेण्ड भनेर परिचित गराएका थिए। साथै सलमानले यूलियालाई प्रेम गरेको पनि बताएका थिए।

गर्लफ्रेण्डको टिभी शो को पनि गरे प्रमोशनः

सलमान खानले गत बुधबार ट्वीटरमा यूलियाको नयाँ टिभी शो को पनि प्रमोट गरेका थिए। यूलियालाई आफ्नी गर्लफ्रेण्ड भनेपश्चात उनको बारेमा सामाजिक मिडियामा कुनै कुरा सेयर गरेको त्यो पहिलो चोटि थियो।Salman and Lulia Vantoor

हालै सलमानले यूलियाका साथमा ‘द फार्म’ नामक टिभी शो होस्ट गर्ने खबर आएको थियो भने यस शो को रोमन भर्जन यूलियाले होस्ट गरिरहेकी छिन्। यसै शो को प्रमोशन सलमानले आफ्नो ट्वीटरबाट गरेका थिए।

गर्लफ्रेण्डको हिन्दी भाषा सुधार्न निजी प्रशिक्षक नियुक्त गराएः

अझसम्म यूलिया र सलमानको परिवारको बीचमा सही ढङ्गले कुराकानी हुन सकेको छैन। साथै यूलियाको भाषाको समस्याकै कारण उनलाई बलिउडमा काम पनि मिल्न सकेको छैन। त्यसैले बलिउड निर्माताहरूले पनि यसलाई ठूलै तनावको रूपमा लिइरहेका छन्।Salman Khan and Lulia Vantoor

सलमानको गएको जन्मदिनको अवसरमा पनि यूलियाले कसैसँग हिन्दीमा कुरा गर्न पाएकी थिइनन्। तर अहिले भने यूलिया आफ्नो हिन्दी सुधार्नमा तत्पर छिन्। त्यसै कारण नै सलमानले उनको हिन्दी भाषा सुधार्नका लागि निजी प्रशिक्षक नियुक्त गरेका हुन्। उनले यूलियालाई बेसिक हिन्दीको ज्ञान दिने बताएका छन्।

यूलिया वंतूरका केहि तस्विरहरू हेर्नुहोस्ःLulia Vantoor 1 Lulia Vantoor 3 Lulia Vantoor 2
यो पनि हेर्नुहोस्-
सलमानले कामदारको मद्दत गरे, छोरीको सर्जरीको लागि दिए २५ हजार रुपैयाँ
सलमानकी पहिलो गर्लफ्रेन्ड, तय भएको विवाह नै रोकिएथ्यो
पुराना यादलाई जीवित बनाउन नेशनल जियोग्राफिकका तस्विर सार्वजनिक
बलिउड स्टारका पुराना मोडलिङ दिन, यस्ता थिए अहिलेका चर्चित कलाकार (फोटो फिचर)
‘फ्यान’को सुटिङ् गर्दा गर्दै शाहरुखलाई झ्याउ लागेपछि