एजेन्सी ।

विवाहको विषयमा सँधै चर्चामा रहने बलिउड दवङ अभिनेता सलमान खानले रोमानियाली सुन्दरीसँग इङ्गेजमेन्ट गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रोमानियाली सञ्चार माध्यमलाई उद्धृत गर्दै सलमान र लुलियाबीच इङ्गेजमेन्ट भएको जनाएका छन् । लुलिया ५ सातापछि फर्केकी लुलियाको हातमा औंठी देखिएको र यो इङ्गेजमेन्टको औंठी रहेको सञ्चार माध्यमको दावी छ ।

salman and lulia vantur

सलमान खान र लुलियाबीच रोमान्टिक सम्बन्ध रहेको चर्चा लामो समय देखि चलिरहेको छ ।

सलमानले बहिनी अर्पिताको विवाहमा लुलियालाई बोलाएर परिवारसँग भेट गराएका थिए । उनीहरुबीच विवाह हुने कुरा लामो समय देखि चलिरहेको भएपनि उनीहरुले यस विषयमा आधिकारिकरुपमा बोलेका छैनन् ।

को को सँग गरे सलमानले झण्डै विवाह (फोटो फिचर)

सलमान अहिले फिल्म सुटिङमा ब्यस्त छन् ।

सलमानका लागि घरबार छोडेकी विदेशी सुन्दरी (तस्विर सहित)