२१ जेठ, एजन्सी ।

बलिउड सुपरस्टार सलमान खान आफ्नो आगामी फिल्म ‘ट्युबलाइट’को प्रमोशनमा लागेका छन् । सलमानले टेलिभिजन शोहरुमा फिल्म प्रचार–प्रसारलाई तिव्रता दिएका छन् ।

प्राय सबै अभिनेता–अभिनेत्री कपिल शर्माको शोमा प्रमोशनका लागि आउँने गर्छन् र सलमान पनि यसअघि त्यहाँ पुग्ने गरेका छन् । तर, यस पटक सलमानले कपिलको शोमा नजाने भएका छन् । खबरअनुसार, सलमान खानले कमेडियन सुनिल ग्रोभर र उनको समूहसँग एक सुट गरेका छन् । सलमानले आफ्नो फिल्म प्रमोशनको लागि सुनिल ग्रोभर, अली असगर, सुगन्धा मिश्रासँग २ घण्टा लामो सुट गरेका छन् ।

फिल्म ‘ट्युबलाइट’को प्रमोशनका लागि दुई घण्टाको एक बिशेष कार्यक्रम रहने छ । यस शोमा फिल्मका सबै कलाकार उपस्थित रहनेछन् भने सुनिल ग्रोभरको पुरै टिम पनि रहनेछन् । सलमान र अली असगरबीच निक्कै पुरानो मित्रता छ । अलीले नै सलमानलाई सुनिल र कपिलको झगडाका बारेमा बताएका थिए । त्यसैले, सलमान कपिलको शोमा नगएर सुनिलसँग स्पेशल एपिसोड सुट गरेको बताइएको छ । अहिले सुनिल आफ्नो टिमको साथमा सोनीमा छोटा–छोटा कमेडी शो गरिरहेका छन् ।