एजेन्सी ।

हालै सार्वजनिक भएको एक सूचीले बलिउडका चर्चित कलाकारहरु हलिउडका कतिपय कलाकार भन्दा पनि धनी रहेको देखाएको छ । बलिउडका तीन कलाकार संसारकै सबैभन्दा धनी कलाकारको टप टेन सूचीमा समेत परेका छन् ।

संसारका सबैभन्दा कमाउने कलाकार मध्ये बलिउड अभिनेता सलमान खान खान ७ औं नम्बरमा छन् भने अभिताभ बच्चन पनि सलमानकै स्तरमा छन् ।

salman-amitabh

फोर्ब्सका अनुसार यी २ कलाकारसँग २ अर्व १३ करोड भारु सम्पति छ । त्यसैगरी बलिउडका अर्का कालाकार अक्षय कुमार पनि धनी कलाकारको लिष्टमा परेका छन् । उनको सम्पति भारु २ अर्व ७ करोड बराबर छ ।

यो सूचीमा शाहरुख खान १९ औं नम्बरमा छन् । उनको सम्पति करिव १ अर्व ६५ करोड सम्पति छ । त्यसैगरी बलिउडकै रणबीर कपुर यो सूचीमा ३२ औं नम्बरमा छन् । उनीसँग ९५ करोड भारुको सम्पति छ ।

shahrukh khana

सलमान, अमिताभ र अक्षय कुमार हलिउडका चर्चित कलाकार जेनी डेप र लियोनार्डो डिक्याप्रियो बराबर हैसियतमा देखिन्छन् । उनीहरु संसारकै सबैभन्दा सम्पति भएका टप टेन सूचीमा छन् ।

akshya-kumar

संसारकै सबैभन्दा धनी कलाकारकोरुपमा भने हलिउडमा आइरन म्यान स्टारकोरुपमा चिनिने रोवर्ट डाउनी जूनियर छन् । उनीसँग ५ अर्व भारु बराबरको सम्पति छ ।