१८ चैत, काठमाडौं ।

प्रधानमन्त्री चीन भ्रमणबाट फर्के लगत्तै चुनावका लागि राजनीतिक सहमतिको प्रयासलाई निरन्तरता दिने भएका छन् । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेस सहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आब्हान गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाको बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मोर्चालाई सहमतिमा ल्याएर मोर्चाको उपस्थितीमै चुनाव गराउने प्रधानमन्त्रीको तयारी छ ।

सरकारले प्रदेशको सिमांकनको विषयलाई पछि आयोग मार्फत टुंग्याउने गरी अहिले मोर्चाले उठाएका नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयलाई संविधान संसोधन गरी सहमति खोज्ने प्रयास गरेको छ । प्रधानमन्त्री प्रचण्डले आफू चीनबाट फर्केपछि मोर्चासँग सहमति हुने बताएका थिए ।

मोर्चा पनि सिमांकनको विषयलाई समाधान गर्ने गरी उच्च स्तरिय, विश्वसनिय आयोग गठन गरेर बाँकी विषयमा संविधान संसोधन गरी जान सकिनेमा लचक देखिएको छ । शुष्म गतीमा मोर्चा निर्वाचनको तयारीमा लागेकाले पनि मोर्चा सहमतिमा आउने सम्भावना देखिएको छ ।

मधेसी मोर्चा पछि आयोग मार्फत मार्फत सिमांकनको विवाद टुंग्याउन सहमत हुने विश्वासनिय आधार तयार भए आफूहरु पनि सहयोग गर्न तयार रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले बताउँदै आएको छ ।