२७ जेठ, काठमाडौं ।

वन तथा भू–संरक्षण मन्त्री अग्नि प्रसाद सोपकोटाले सहमतीय सरकार बन्ने वातावरण भएमात्रै आफ्नो पार्टीका अध्यक्षले नेतृत्व गर्ने स्पष्ट पारिसकेकोले सहमतिय सरकार गठन नभएसम्म केपी ओली नेतृत्वकै सरकार रहने बताएका छन् ।

उनले भने,‘काँग्रेस, एमाले र माओवादीवीच सहमतिको सरकार बनाउने विषयमा पहल भैरहेको छ, अहिले नै सरकार कसको नेतृत्वमा बन्छ भन्नु उपर्युक्त हुँदैन् ।’

agni sapkota

 
विहीबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री सापकोटाले संविधान कार्यान्वय र संविधान पछिको मुलुकको कार्यव्यवस्थालाई रुपान्तरण गर्नको लागि पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको धारणा राखे । उनले भने,‘प्रमुख राजनीतिक दलहरुवीच एकता भए संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ, त्यसैले हामीले राष्ट्रिय सहमतिको कुरा गरेका हौं ।’ यद्धपी उनले आफ्नो पार्टी बहुमतीय सरकार बनाउने खेलमा नरहेको दाबी गरे ।

एउटा अनौठो समुदायः जहाँ महिला ६५ वर्ष पछि पनि जवान हुन्छन् (फिचर)

सत्तारुढ दल नेकपा एमालेसँग ९ बुँदे सहमति भएको हुँदा सहमति पालना गर्ने कुरामा एमाले गम्भिर हुनुपर्ने उनको धारणा थियो । यद्धपी मन्त्री सापकोटाले दुई शीर्ष नेता प्रचण्ड र प्रधानमन्त्री ओलीवीच भद्र सहमति भए नभएको भन्ने कुरामा आफू अनविज्ञ रहेको स्पष्ट पारे । ‘भद्र सहमति भनेको अलिखित विषय हो, त्यसैले उहाँहरुको भनाईबाट मात्रै हामीलाई थाहा हुने कुरा हो, यसमा मेरो भन्नु केही छैन, उनले थपे ।
भूकम्प पीडितलाई घर बनाउन सरकारले ९० प्रतिशत छुटमा असारभित्र काठ वितरण प्रक्रिया सुरु भएको बताएका छन् ।

मन्त्री सापकोटाले भूकम्प पीडितलाई वर्षाबाट जोगाउनका लागि पनि असारभित्र घर बनाउने प्रवन्ध मिलाउन लागिपरेको बताएका हुन् ।

चीनको चेतावनी -चीनलाई पन्छाएर भारतको भलो हुँदैन

उनले भने,‘वर्षा सुरु भयो, तर भुकम्प पीडित जनताहरु खुल्ला आकाशमा बसिरहेका छन्, उहाँहरुलाई छानोमा सार्नेगरि सरकारले सम्पूर्ण बन्दोवस्त मिलाएको छ, त्यसको लागि सरकारले काठ वितरण कार्य सुरु गरिसक्यो, अब काठकै कारणले घर बनाउने काममा कुनै बाधा आउँदैन, सरकारले जनताले माँगेजति काठ दिन तयार छ ।’

साक्षात्कारमा मन्त्री सापकोटालो पहिलो चरणमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पूर्नानिर्माणको कार्यलाई तिव्रत दिने बताए । उनले भने,‘पहिलो चरणमा हामी १४ जिल्लामा उक्त कामलाई बढाउँछौं ।’ भूकम्प पीडितलाई वितरण काठमामा तलमाथि नहोस भनेर प्रमुख जिल्ला अधिकारी र जिल्ला वन अधिकृतको संयोजकत्वमा वन पैदावर आपूर्ति समिति समेत गठन भैसकेको मन्त्री सापकोटाले जानकारी दिए ।

मन्त्री सापकोटाले भुकम्प पीडितलाई सरकारले असारभित्रै पाँच लाख उपलब्ध गराउने दाबी गरे । उनका अनुसार तीन लाख अनुदानमा र बाँकी दुई लाख निव्र्याजी पैसा पीडितलाई दिईनेछ । उनले भने,‘सामूहिक जमानीमा तीन लाख अनुदान वितरण अब सूरु गर्छौं ।’

प्रम ओलीद्वारा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

सापकोटाले भुकम्पले ध्वस्त बनाएको संरचनाको पूर्नःनिर्माणको कार्यलाई समेत चुस्तदुरुस्त बनाउन प्राधिकरणका सिईओसँग छलफल भैरहेको जानकारी दिए । उनले स्थानीय निकाय, सामान्य प्रशासन मन्त्रालय लगायतका विभिन्न सम्बन्धित निकायमा समन्वयको अभाव भए आफूले प्रधानमन्त्रीलाई त्यसबारेमा निर्देशन दिन पहल गर्ने समेत स्पष्ट पारे ।