११ पुस, काठमाडौँ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले सहयोगीहरुले सम्बन्धमा फाटो नल्याइदिए डा. बाबुराम भट्टर्रासँग पुनः एकता हुने बताएका छन् ।

baburam-prachanda-maoist jpg

फाइल तस्बिर

एक महिना अगाडि निधन भएका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारित पुस्तक ‘चाचा’को बिमोचन कार्यक्रममा सोमबार एउटै मञ्चमा बसेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई तर्फ संकेतगर्दै दाहालले फेरि मिल्नुपर्नै अवस्था आएको बताएका हुन ।

संघीयता, गणतन्त्र जस्ता माओवादी आन्दोलनका उपलव्धी गुम्ने खतरा रहेकोले माओवादीका घटकहरु मिल्नुपर्ने अबस्था आएको दाहाललको भनाई छ । कार्यक्रममा नेता भट्टराइले परिवर्तन पक्षधरहरु मिल्नुपर्ने धारणा राखेका थिए ।

भट्टराईले देशलाई आर्थिक क्रान्तिको बाटोमा लैजानुपर्छ भनेर आफूले नयाँ बाटो तय गरेको बताए ।

पाण्डेको गत वर्ष क्यान्सरका कारण निधन भएको थियो । दाहाल र भट्टराईले पाण्डेलाई सम्झँदै उनी नेपाली कम्युनिष्ट आन्दोलनका संघर्षशील व्यक्तित्व रहेको बताए ।