११ चैत, काठमाडौ।

नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद दुलारी देवीको निधन भएको छ । भारतको सितामाढीमा गाडी दुर्घटनामा परि घाइते भएकी सांसद देवीको गएराती बी एण्ड बी अस्पताल लतिलपुरमा उपचारको क्रममा निधन भएको एमालेले जनाएको छ ।

यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा परेकी थिइन । मोटरसाइकलमा रहेकी देवीलाइ ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

सर्लाही ब्रह्मपुरी–८ की ४८ वर्षीया देवी हाल काठमाडौं महानगरपालिका –३४ शान्तिनगरमा बस्दै आएकी थिइन ।
उनका पति, दुई छोरा र दुई छोरी छन् ।

उनको शवलाई अन्तिम श्रदान्जलीका लागि आज बिहान ८ देखि १० बजेसम्म नेकपा एमाले केन्द्रिय कार्यालय धुम्बरहिमा राख्ने एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।