पाकिस्तानमा कन्डम र परिवार नियोजनका साधनको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (PERMA)ले आदेश जारी गरि यस्तो प्रतिबन्ध लगाएको हो। अन्य देशमा पनि यस्ता कयौं चिज छन् जसमाथी प्रतिबन्ध लगाइएको छ।

साउदी अरबमा सन् १९८० को दशकमा फिल्म हलहरु नै बन्द गराइएका थिए। त्यस्तै इरानमा हेयर स्टाइल बनाउने सैलुनहरु प्रतिबन्धित छन्। यस्ता प्रतिबन्ध पछाडी कतै धार्मिक, कतै सामजिक त कतै राजनीतिक कारकहरु कारण बनेका छन्।film hall 2599211

साउदी अरब
१९७० को दशकमा साउदी अरबमा थुप्रै फिल्म हल थिए। तर १९८० मा साउदी सरकारले सबै थिएटर तथा सिनेमाघर बन्द गरायो। अहिले खूबर सिटीमा एक आईम्याक्स सिनेमा घर छ, तर यहाँ केबल डकुमेन्ट्रि मात्र देखाइन्छ। यो देशमा अन्य कुनै फिल्म हल छैनन्।

साउदीमा महिलालाई के के प्रतिबन्ध छ? पढ्नुस्

इरान
इरानमा इस्लामिक क्रान्ति पश्चात पुरुषको लागि आफ्नो इच्छा अनुसार कपाल काट्ने काम नै मुस्किल बन्यो। यहाँको संस्कृति मन्त्रालयले हेयर स्टाइलको क्याटलग नै जारी गरेको छ। यी जारी गरिएका हेयर स्टाइल अनुसार नै कपाल कटाउनु पर्दछ।

उत्तर कोरिया
उत्तर कोरियामा निलो रंगको जिन्स प्रतिबन्दित छ। यहाँ निलो रंगलाई ‘अमेरिकी साम्राज्यवाद’ को संज्ञा दिइन्छ।

पढ्नुस् जहाँ महिला र बच्चा जान प्रतिबन्धित छ

डेनमार्क
डेनमार्कमा आफ्नो बच्चाको लागि आफुखुसी नाम समेत राख्न पाइदैन। बच्चाको नामकारणको लागि सरकारले जारी गरेको २४,००० नाम मध्ये कुनै नाम एक छान्नु पर्ने हुन्छ। यो सूची बाहेक अन्य नाम राख्न सरकारसंग अनुमति लिनुपर्ने हुन्छ।

सिंगापुर
सन् १९९२ देखि सिंगापुरमा चुइँगम चपाउन र आयात गर्न प्रतिबन्ध लगाइएको छ। सार्वजनिक ठाउँमा सफाइ गर्दा चुइँगमले समस्या दिएपछि यस्तो फैसला लिइएको थियो। सन् २००४ मा अन्तरराष्ट्रिय दबावको कारण सिंगापुरमा मेडिकल कारण देखाइ चुइँगम किन्ने छुट दिइयो। तर यसको लागि डाक्टरको पर्चा हुन जरुरी हुन्छ।

मलेसिया
मलेसियामा पहेँलो रंगको कपडा लगाउन प्रतिबन्ध लगाइएको छ। कपडा मात्र होइन, पहेँलो बेल्ट, जुत्ता समेत लगाउन पाइदैन। विपक्षी समुहको कार्यकर्ताको रंग भएकोले सन् २०११ मा मलेसियन सरकारले यो रंगको कपडा लगाउन प्रतिबन्ध लगाएको हो।

ग्रीस
ग्रीसमा भिडियो गेम खेल्नु अपराध मानिन्छ। सन् २००२ मा सरकारले जुवातास तथा इलेक्ट्रोनिक गेमिङ मेसिनमाथी प्रतिबन्ध लगाएको थियो।

यो पनि पढ्नुस्।
विश्वका ९ भ्रष्ट देश
जहाँ प्रतिबन्धित छ भ्यालेन्टाइनडे
पृथ्वीका ८ प्रतिबन्धित अनि रहस्यमय ठाउँ
अनौठा कारणले चीनमा प्रतिबन्धित ५ चीज