१६ माघ, काठमाडौं।

साउदी अरबको दम्मास स्थित साद साह्मी अल-हजारी कम्पनिमा नेपाली कामदारहरु भोकै बस्न बाध्य भएका छन्। कम्पनीले विगत ४ महिना देखि तलब नदिएपछि कामदाहरु बाटोमा अलपत्र परेको खबर प्राप्त भएको छ।

saudi arab nepali kamdar alptra (3)

सो कम्पनीमा २०० को हाराहारीमा नेपाली कामदार छन्। ‘उज्ज्वल भविष्य र परिवारको खुसीको लागि केही कमाउन विदेशिएका थियौँ आज हामी नै अलपत्र परेका छौँ। अब त यस्तो लाग्न थाल्यो कसरी घर फर्किने हो।’, कम्पनीले तलब नदिएपछि नेपाली कामदारको गुनासो सुनाउने ठाउँ पाएका छैनन्।

saudi arab nepali kamdar alptra (2)

कम्पनिको मालिकसंग भेटेर कुरा गर्न नपाइएको अनि कुनै प्रतिक्रियासम्म नआएको उनीहरुको गुनासो छ।

तलब नपाएर बिचल्लीमा नेपाली कामदार सहित बंगलादेश, भारत, श्रीलंका, फिलिपिन्स, पाकिस्तान, यमन र इजिप्टका पनि कामदार रहेका छन्।

saad sahmi al-hajr company

कम्पनीका सबै ८ साइटकै कामदार दम्माम क्याम्पमा आएका छन्, जहाँ बस्ने, खाने र सुत्नेको कुनै टुङ्गो छैन। कोही गाडीको सिटमा, कोही भान्छाकोठा त कोही बाहिर खुला आकास मुनी नै रात कटाउन बाध्य भएका छन्।

काम र पैसा दुवै दिन नसके घर पठाइदिन भन्दा समेत कम्पनिको मालिकले नसुनेको गुनासो कामदारहरुले गरेका छन्।