एजेन्सी ।

साउदी अरेवियाले आफ्नो देशमा यमनको क्षेत्रबाट भएको मोर्टार र रकेट आक्रमणमा ३७५ जना नागरिक र विदेशी मारिएको र जस मध्ये ६३ जना वालवालिका रहेको जानकारी दिएको छ ।

साउदी अरेवियाले सोमबार यो जानकारी दिएको हो । मारिनेमा साउदीका मात्र नभएर विदेशी समेत रहेको बताइएको छ । साउदी अरेवियामा ठूलो संख्यामा नेपाली समेत कार्यरत छन् ।

yeman-saudi attack
यमनमा साउदी सेनाले गत मार्च देखि आक्रमण गरिरहेको छ । त्यसपछि साउदी क्षेत्रमा लडाकुहरुले १३० मोर्टार र १५ मिसाइल आक्रमण भएको साउदी सेनाका प्रवक्ताले बताएका छन् ।

साउदीले यमनमा गरेको हमलाका कारण त्यहाँ पनि गैरसैनिक मारिएको भन्दै आलोचना हुने गरेको छ ।