२० माघ, एजेन्सी ।

साउदी अरेविया र इरानबीच झगडा बढ्दै गएपछि २ राष्ट्रविच युद्ध हुन सक्ने अनुमान गरिएको छ । साउदी अरेवियाले शिया धर्मगुरुलाई फाँसी दिएपछि चर्किएको झगडाले अव अर्कै रुप ग्रहण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

साउदी र इरानको झगडा अव फारको खाडी सम्म पुगेको र यसकै विषयमा साउदी र इरानबीच युद्ध हुन सक्ने अनुमान गरिएको छ । यो खाडीमाथि एकाधिकार कायम गर्दै साउदीले अरवको खाडी भन्न थालेपछि इरान भड्किएको छ ।

Pursian Gulf

साउदीले आफ्ना सहयोगी देशलाई समेत यो खाडीलाई अरवको खाडी भन्न दवाव दिइरहेको छ । तर यही कारण इरान भने क्रुद्ध बनेको छ ।

इरान, इराक, कुवेत, बहराइन, कतार, साऊदी अरब, यूएई र ओमान भएर यात्रा गर्ने पानी जहाज फारसको खाडीबाट यात्रा गर्छन् । ब्रिटिश राज देखि अहिले समेम अरब सागरमा रहेको यो खाडीलाई फारसको खाडी भनेर चिन्ने गरिन्छ ।

तर अव अरवले यसको नाम अरव खाडी राख्न खोजेपछि इरान क्रुद्ध बनेको हो ।

साउदी अरेवियाले भन्यो- मोर्टार र रकेट आक्रमणमा ३७५ जना मारिए