९ माघ, काठमाडौं । सरकारले साझा यातायात सहकारी संस्था लिमिटेडलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता गराउने भएको छ ।

माघ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ३ सय वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन दिइएको रकम ब्याजसहित फिर्ता गरिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सहकारीलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराइएको दिनदेखिको ब्याजसहित नेपाल सरकारको नाममा फिर्ता लिने बताएका हुन् ।

त्यसैगरी सरकारले वातावरणमैत्री विद्युतिय नयाँ विद्युतिय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । उक्त बस खरिदको लागि अर्थ मन्त्रालयले ३ अर्ब रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उपलब्ध गराइने छ ।