२१ फागुन, काठमाडौं ।

केही दिन यता निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य शुक्रबार एकैदिन ८ सय रुपैयाँ प्रतितोलाको दरमा वृद्धी भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । बुधबार ५५ हजार ५ सय रहेको सुन विहीबार २ सय बढेर ५५ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

सुनको मूल्यमा केही दिन यतादेखि लगातार वृद्धी भैरहेको छ । शुक्रबार चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर ७ सय २५ पुगेको छ।