१७ कात्तिक, काठमाडौं । सातै प्रदेशका प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुख पदमुक्त गरेकी हुन् । पदमुक्त गर्नुपर्ने कुनै कारण खुलाइएको छैन ।

आज दिउँसो बसेको मन्त्रीपरिषद बैठकले निर्णय गरेर राष्ट्रपतिसमक्ष पदमुक्त गर्नका लागि सिफारिस गरिएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।