२६ भदौ, मकवानपुर ।

मकवानपुर प्रहरीले सात बर्षअघिको हत्यामा संग्लन कैलाश गाउँपालिका–१० का फोरम भनिने सागर पाख्रिनलाई पक्राउ गरेको छ ।

पाख्रिनले २०६७ फागुनमा मनहरी गाउँपालिका–४ की ६२ वर्षीया ठूलीमाया थिङको गोली हानी हत्या गरेका थिए । गाँजा तस्करी गरेको भन्दै थिङ कराउन थालेपछि गोली प्रहार गरी फरार पाख्रिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलाबाट पक्राउ परेका हुन ।

पाख्रिन लामो समयदेखि गाँजा तस्करीमा संग्लन रहेको प्रहरीको दावी छ । पाख्रिनले नामटार क्षेत्रमा गाँजा फँडानी गर्न पुगेको प्रहरीमाथि गत बर्ष गोली प्रहार गरेका थिए ।