एजेन्सी ।

सामसङका उत्पादन प्रयोगकर्ताहरुलाई नराम्रो खवर छ । स्मार्ट फोन उत्पादनको दुनियाँमा सबैभन्दा ठूलो कम्पनी सामसङका उत्पादनमा ह्याकर्सको आक्रमण हुन सक्ने एक रिपोर्टले चेतावनी दिएको छ ।

उक्त रिपोर्टका अनुसार सामसङ एण्ड्रोइड भर्सनका उपकरणमा किबोर्ड एपमा एक बग आएको र यसले कम्तिमा ६० करोड प्रयोगकर्ता प्रभावित हुन सक्नेछन् ।

Samsung and IPhone

मोबाइल सुरक्षा कम्पनी NowSecure का अनुसार यो बग निक्कै खतरनाक छ । यसले युजर्सका सबै डिटेल ह्याकर्सको हातमा पुर्‍याउन सक्छ ।

यो एप पहिले देखि नै इन्स्टल्ड रहेका कारण अनइन्स्टल गर्न नसकिने समेत उक्त कम्पनीले जानकारी दिएको छ ।

के हो त समस्या ?

खासमा यो एक सफ्टवेयर एरर हो । सफ्टवेयरमा केही समस्या वा फल्ट भएपछि यस्तो हुन्छ । यस्तो एरर हुँदा सफ्टवेयरले काम गर्दैन र फरक काम गर्न सक्छ । यो समस्या सामसङ ग्यालेक्सी S6, S5, S4 र S4 मिनी सम्मका हाइ एडभान्स डिभाइसमा खतरा रहेको बताइएको छ ।

Samsung S-6  (1)

NowSecure ले यो समस्याबाट बँच्नका लागि इन्सिक्योर वाई-फाई नेटवर्कबाट टाढै रहनु पर्छ । त्यसैगरी डिभाइसमा स्वीफ्टका एप चलाउनु हुँदैन ।