२२ वर्षिया केट अप्टन अमेरिकी मोडल तथा नायिका हुन्। स्पोर्टस इलुस्ट्रेटेड सुइमसुट स्युको कभरमा बिकिनी तस्बिर सार्वजनिक संगै चर्चा बटुलेकि केटको चर्चित भ्यानिटी फेयरको १००औं संस्करणको कभरमा पनि तस्बिर छापिसकेको छ।

सामाजिक सञ्जालमा पनि राम्रै चर्चामा रहने केट नाचेका भिडियो क्लिप, ‘द डगी’ र ‘द क्याट ड्याडि’ इन्टरनेटमा व्यापक भाइरल भए। हलिउड मोडलिङ तथा फिल्मी संसारमा रहनको लागि यस्तै चर्चामा आइरहन जरुरी हुन्छ।

“सुरु सुरुमा रमाइलो अनि मज्जा लाग्थ्यो, वहा! फ्यानहरुसंग बोल्न पाइने भयो जस्तो लाग्थ्यो। तर अहिले यो कुरामा कमी आउदैछ बिस्तारै। जब ट्वीटर पहिलो पटक खोले तब म मात्र थिँए तर पछि समय त्यो रहेन। अहिले राम्रो बजार व्यवस्थापन कसले गर्न सक्छ हेरिन्छ, कसको व्यक्तित्व राम्रो छ त्यो वास्ता गरिदैन।”

सामाजिक सञ्जालमा मानिसहरु गलत दिशा तर्फ बढिरहेका बन्ने गुनासोको साथ सामजिक सञ्जाललाइ ‘बुलसिट’ भन्दै छिन् केट।

हेर्नुहोस् केट अप्टनका ग्ल्यामरस तस्बिरहरु। (ठुलो तस्बिरको हेर्नकोलागि क्लिक गर्नुहोस्)