९ असोज, एजेन्सी।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले दक्षिण एसिया क्षेत्रीय सहयोग संगठन (सार्क) का सबै सदस्य क्षेत्रीय सम्मेलनमा सहभागी हुने आशा राखेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उरी आक्रमणको कारण सार्क सम्मेलनमा भाग नलिने खबरका बिच पाकिस्तानी प्रधानमन्त्रीको यस्तो वयान आएको हो।
बंगलादेश र अफगानिस्तान पनि भारतमा भएको आक्रमणको लागि पाकिस्तानको विरोध गर्दै सम्मेलनमा भाग नलिने सम्भावना बढेको बताइन्छ।
शरीफले पाकिस्तान सम्मेलनको लागि तयार रहेको र अमेरिमामा संयुक्त राष्ट्र महासभामा सहभागी भएपश्चात इस्लामाबाद पुग्ने बताएका छन्।
सार्कको १९ औँ अधिवेशन ९ र १० नोभेम्बरमा इस्लामाबादमा प्रस्ताव गरिएको छ।
यो पढ्नुस्।
‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा प्रचण्डको ११ जवाफ
ओली बामदेव विवाद तिब्र, बामदेवले खोले पोल
काठमाडौँमा कोठामै कोठी सञ्चालन गरेर पढ्दै गरेकी युवती भन्छिन्: ‘जसरी पनि पैसै कमाउनु त रैछ !’