३० चैत, काठमाडौं।

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागिरहेको हुँदा आकांक्षीहरुको लर्को लाग्नु स्वाभाविकै हो। तर, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका साख्यै साला ज्ञानेन्द्र शाक्यले ललितपुर महानगरपालिकाको मेयरमा आँखा गाड्दा भने समस्या उत्पन्न हुन पुगेको छ। आजको बुधबार साप्ताहिकमा खबर छापिएको छ।

ललितपुर नगरपालिकाको दुई-दुईपटक वडाध्यक्ष भइसकेका शाक्यले नवगठित महानगरपालिकाको मेयरको दाबी गर्नु अनौठो थिएन। किनकी, २०४९ र २०५४ को निर्वाचनमा उनले सो नगरको वडा नं. १८ बाट सानदार रुपमा मत ल्याएर चुनाव जितेका थिए ।