२७ साउन, एजेन्सी । सुुपरहिट फिल्म बाहुबलीपछि प्रभासको एक्सन थ्रिलर फिल्म साहोको विषयमा अहिले दमदार चर्चा चलिरहेको छ । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । अहिले प्रभासको फ्यानहरु फिल्मको प्रतिक्षामा छन् ।

साहोमा प्रभासको अपोजिटमा श्रद्धा कपूर देखिएकी छन् । यो फिल्मबाट नै टलिउडमा डेब्यु गर्न लागेकी छन् । श्रद्धा कपूरले फिल्मबाट एकदमै धेरै रकम लिएको भन्ने खबरहरु पनि पछिल्लो समय मिडियामा छाइरहेका छन् । उनले साहोको लागि ७ करोड रुपैयाँ लिएको बाहिर आएको हो ।

साउथ सिनेमाको लागि कुनै पनि नायिकाले यति धेरै रकम माग्नु एकदमै ठूलो कुरा हो । तर श्रद्धाले यति ठूलो रकम लिएको कुराले सबैलाई अचम्मित बनाएको छ । तर एक तमिल वेबसाइटका अनुसार, बलिउडको एक फिल्मको लागि २ करोड रुपैयाँ लिने गर्छिन् ।

बलिउड फिल्ममा २ करोडमा लिएकी श्रद्धाले ७ करोडको लिएको भन्ने खबर सरासर झुटो भएको मान्न सकिन्छ । टलिउडमा नायिकाहरुले पाउने एकदमै धेरै पारिश्रमिक भनेको डेढ करोड मात्र हो । त्यो हिसाबले पनि श्रद्धालाई ७ करोड रकम पाइन् भन्न नसकिने भारतीय मिडियाहरुको दाबी छ ।