५ माघ, काठमाडौं ।

नेपालमा मधेशी मोर्चा र प्रमुख दलको वार्ता पुनः टुट्ने संकेत देखिइरहेको समयमा भारतीय मिडियाले पनि नेपालको विषयलाई उचाल्न थालेका छन् ।

भारतीय मिडियामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बोलेको कुरालाई उग्ररुपमा प्रस्तुत गरिएको छ ।

Indian Media about Upendra yadav

बिराटनगरमा सोमबार उपेन्द्र यादवले बोलेको कुरालाई भारतीय मिडियाले अव मधेशीहरुले सिंहदरवारबाट इट्टा निकाल्नेदावी सहित प्रकाशित गरेको हो ।

Indian Media about Upendra yadav 1

कान्तिपुर डटकममा प्रकाशित समाचारलाई हवाला दिँदै यो समाचारमा कान्तिपुरमा लेखिएको भन्दा बढाइचढाइ विषय बस्तु प्रस्तुत गरिएको देखिन्छ ।

कार्यदल स्तरीय वार्ता समाप्त भएको मधेशी मोर्चाको घोषणा

बाबुरामलाई गगन थापाको राजनीतिक झापड

उपेन्द्र यादवले अवको मधेश आन्दोलन सिंहदरवार केन्द्रित हुने बताएका थिए । भारतीय सञ्चार माध्यममा यसलाई अव सिंहदरवारका इट्टामा मधेशीहरुले बाहिरी इट्टा प्रहार गर्ने भनेर लेखेको छ ।