२६ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हलभित्र प्रवेश गर्नु अघि नै प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुले प्रधानमन्त्री बस्ने कुर्सी चार पटक हेरेका थिए । निर्धारित समयमा प्रधानमन्त्री पत्रकार सम्मेलनमा सहभागी नभएपनि कर्मचारीहरुले प्रधानमन्त्री बस्ने कुर्सी घर्र घुमाएर हेरेका थिए । घरी सार्ने घरी घुमाएर हेर्ने तलमाथि गर्ने काम कर्मचारीले गरेका थिए ।

जब प्रधानमन्त्री प्रचण्ड सहभागी भएर बस्न लाग्दा कुर्सी हल्लियो । त्यसपछि प्रधानमन्त्री जुरुक्क उठेका थिए । सुरक्षाकर्मी र कर्मचारीहरुले कुसीलाई यताउता गरेपछि बल्ल प्रधानमन्त्री बसेका थिए ।

pm-prachanda-press-meet

प्रधानमन्त्री उक्कसी जुरुक्क उठेपछि सँगै रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की पनि जुरुक्क उठेका थिए । प्रचण्डका अंग रक्षकले कुर्सी समातेका थिए । प्रधानमन्त्रीको लागि घुमाउने कुर्सीको व्यवस्था गरिएको थियो । झण्डै घण्टाको अवधिमा प्रधानमन्त्रीले उक्त कुर्सीमाथि बसेर असहज महशुस गरेका थिए ।

pm-prachanda-press-meet-chair

सरकार गठन भएको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री निर्धातिर समय भन्दा झण्डै एक घण्टा ढिलो गरी सहभागी भएका थिए । सिरहामा आयोजित जनसभामा सहभागी भएर फर्कने क्रममा प्रधानमन्त्री आउन ढिलाई भएको थियो ।