७ माघ ,काठमाडौँ।

विदेशमा रहेका नेपालीले श्रम गरी आर्जन गरेको रकम बैकिङ्ग माध्यमवाट मुलुकमा रहेका निजका आफन्तहरुलाई सहज तरिकावाट उपलव्ध गराउँदैं आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. र नेपालको ‘ख’ वर्गको कैलाश बिकास बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

city express and kailash bikas bank agreement

सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा कैलाश बिकास बैक लि.का नेपाल अधिराज्यभरमा रहेका २६ शाखाहरूबाट समेत भुक्तानी लिन सकिने छ।

सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन र कैलाश बिकास बैंक लि.का तर्फबाट कार्य सञ्चालन विभाग प्रमुख श्री विमल कुमार तिमिल्सेनाले हस्ताक्षर गरे । ९ वर्ष अघिदेखि विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आफ्नै कार्यालय मार्फत तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोर्डन लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश ‘क’ वर्गका बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । यो सम्झौतासँगै मुलुकभरबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका करिब ४ हजार भन्दा बढी आधिकारिक स्थानीय ठाउँहरूबाट पनि सेवा लिन सकिने भएको छ ।