४ भदौ, काठमाडौं।

१३ औं महाधिवेशनमा तत्कालीन संस्थापनमा रहेर पनि कृष्णप्रसाद सिटौलाले विद्रोही भूमिका निर्वाह गर्दा शेरबहादुर देउवाको भाग्यमा सभापति पद लेखियो । भर्खरै सकिएको कांग्रेसको सबैभन्दा प्रभावशाली र सशक्त संगठन नेविसंघमा पनि डा. शेखर कोइराला विद्रोही बन्दा परम्परागत शक्ति रहेको नेविसंघमा पनि पौडेल पक्ष कमजोर र निरीह देखिएको छ ।krishna prasad sitaula dr shekhar koirala ram chandra koirala

पौडेलले जित्ने निश्चित जस्तै भए पनि १३ औं महाधिवेशनमा कृष्ण सिटौला विद्रोही बन्दै सभापतिमा उम्मेदवार बन्दै दोस्रो चरणमा देउवालाई भोट हालेर उनलाई जिताउन भूमिका खेलेका थिए ।

त्यस्तै, हालै सम्पन्न नेविसंघको महाधिवेशनमा पनि शेखरले विद्रोहीको रुपमा आनन्दराज त्रिपाठीलाई पौडेल पक्षबाट जितेपछि संस्थापन देउवा पक्षले नेविसंघको अध्यक्षसहित दुवै महामन्त्री हत्याएको हो ।

अध्यक्षमा नैनसिंह महर मनोजमणि आचार्यभन्दा ११९ मतले अघि रहँदै जित्दै गर्दा पौडेल पक्षबाट उम्मेदवार भएका त्रिपाठीले ३४८ मत ल्याएका थिए । उनलाई बेलैमा पौडेल पक्षले विश्वासमा लिन सकेको भए आचार्यको जित सुनिश्चित थियो ।

‘पहिले सिटौला विद्रोही बन्दा महाधिवेशनमा हारियो अहिले नेविसंघमा शेखर अर्का सिटौला बन्न पुगेपछि यसमा पनि जित्दाजित्दै हार्न पुगियो’ कांग्रेस केन्द्रीय कार्यालयमा एक केन्द्रीय सदस्य गुनासो गर्दै थिए, ‘आफ्नै पक्षमा यसरी विद्रोही बन्न थालेपछि कसरी जित्न सकिन्छ । अहिले त कोइराला नै विद्रोही जितको नजिक पुगेर पनि हार्यौं ।’

पछिल्लो पुस्तामा देउवापक्षले नेविसंघमा कब्जा जमाउन सकेको थिएन । यस अघि गुरुराज घिमिरे, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल अघिल्लो संस्थापनबाटै जितेका थिए । तर, अहिले शर्मा र पौडेल शेरबहादुर देउवा पक्षमा देखिएका छन् । भट्टराई  मात्र पौडेल पक्षमा छन् ।

शेखर कोइराला देउवातिर

कोइराला परिवारका भए पनि खरो मानिने नेता शेखर कोइराला रामचन्द्र पौडेलको क्रियाकलापसँग असन्तुष्ट छन् । छुट्टै गुटको भेला गरेको भन्दै शेखर त्यस्ता भेलामा जान छोडेका छन् । गए पनि एकैछिन् बसेर फर्कने गरेका छन् ।

महाधिवेशनदेखि नै केही न केही रुपमा आफूलाई सहयोग गरेपछि शेखरलाई सभापति देउवाले आफ्नो पक्षमा ल्याउन र राम्रै मन्त्रालय, परराष्ट्र दिने इच्छा देखाए । तर, अन्तिम समयमा आएर शेखरलाई यो मन्त्रालय दिनबाट देउवा पक्षका केही नेताले रोकेका थिए । तर, पनि उनलाई परराष्ट्र दिन देउवा भने तयार छन् ।

महामन्त्रीमा पनि देउवा पक्षले खेल्योsher bahadur deuwa deuba 4276746

महामन्त्रीमा पनि देउवा पक्षकै कारण सरोज पौडेललाई उठाउँदा आफ्नो तर्फका उम्मेदवार दिपक भट्टराई चार भोटले पराजित भएका थिए । तर, पौडेलले २७८ मत ल्याए । पौडेलको उम्मेदवारी नपरेको भए पौडेल पक्षका एक महामन्त्री आउने भए पनि सोही रणनीतिका कारण आफूहरुले गुमाउनुपरेको कांग्रेसका अर्का एक केन्द्रीय सदस्य बताउँछन् ।

देउवाको आँखा तरुण दल र महिलासंघतिर

पार्टी नेतृत्व, संसदीय दलको नेतृत्व, नेविसंघको नेतृत्व हत्याएपछि अब सभापति देउवाको आँखा तरुण दल र महिला संघको नेतृत्व हत्याउनेतिर पुगेको छ । यही भदौको लागि तोकिएको महाधिवेशनमा देउवा पक्ष जसरी पनि यसअघि आफ्नै पकड रहेको यी दुवै संगठनमा फेरि पकड जमाउने तयारीमा लागिसकेको छ ।