प्रयास पराजुली
काठमाडौ ।

कांग्रेसमा नीति र विचार भन्दा पनि व्यक्तिगत दृष्टिकोणबाट सभापति चयन हुँदै आएको छ । महाधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत भएका छन् । तर तीन हजार भन्दा बढी महाधिवेशन प्रतिनिधिहरु मध्यबाट कसैले पनि फरक मत पेस गरेको छैन। कस्तो नीतिको आधारमा कस्तो नेतृत्व चयन गर्ने भन्दा पनि व्यक्तिगत हिसाबले सभापति चयन गर्ने पुरानै परम्परागत शैली कांग्रेको १३ औं महाधिवेशनमा देखिएको छ ।

nepali congress mahaadhivesan banda satra (14)

महाधिवशेनमा नीति र विचारको व्यापक रुपमा प्रचार गर्नुपर्ने, पार्टीको सर्वोच्च निकायमा हुनुपर्ने स्वस्थ बहस र नीति निर्माण व्यक्तिगत रुपमा केन्द्रीत हुन पुगेको छ । कार्यकर्ताले नीतिमा भन्दा पनि व्यक्तिमै बढी ध्यान केन्द्रीत गरेका छन् । महाधिवेशन प्रतिनिधिहरुले पनि व्यापक रुपमा नेतृत्वसंग नीतिको बारेमा प्रश्न उठाएका छैनन् । राम्रो काग्रेस हाम्रो कांग्रेस त भनेका छन तर कसरी हाम्रो र कसरी राम्रो बनाउन सकिन्छ भन्ने बहस पर्याप्त रुपमाा हुन सकेको छैन् ।

बन्द सत्रमा कार्यवहाक सभापति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रममाथि महाधिवशेन प्रतिनिधिहरुले आ-आफ्नो धारणा राखिसकेका छन् । पर्याप्त रुपमा हुनु पर्ने बहसको सट्टा महाधिवेशनको तेस्रो दिन नै मतदानको तयारी गरिएको छ । विचारको बहस भन्दा पनि सभापति पदाधिकारी र केन्द्रीय सदस्यको छनोटको लागि बन्द सत्र अघि नै नेताहरुले उम्मेदवारी दिइसकेका छन् ।

सिटौला कस्सिदा पौडेल र देउवालाई आपत
महाधिवशेन सुरु हुनु भन्दा दुई दिन अघि महामन्त्री कृष्ण सिटौलाले सभापतिमा उम्मेदवारी घोषणा गरे । महामन्त्रीमा गगन थापालाई अगाडि सार्दै प्यानल नै खडा गरे । महाधिवशेनमा सभापतिको उम्मेदवारी दिने सिटौलाले पूर्व तयारी गरेको भएपनि बाहिर सार्वजनिक भएको थिएन । सिटौला मौन थिए ।

congress mahaadhivesan krishna prasad sitaula

सभापतिको लागि कार्यबहाक सभापति पौडेल र शेरबहादुर देउवाले घोषित रुपमा नै योजनाबद्ध रुपमा प्रचार प्रसार गरेका थिए । संस्थापन र देउवाले एक आपसमा जित्ने दावी गरिएको बेला अकास्मात सिटौलाले सभापतिमा उम्मेदवारी दिएपछि नयाँ गुटको मात्र जन्म होइन सभापतिको उम्मेदवार पौडेल र देउवालाई आपत परेको छ ।

सरसर्ती हेर्दा सिटौलाको उम्मेदवारीले देउवालाई बल पुग्ने देखिन्छ । तर सिटौलाले देउवा पक्षबाट पनि केही भोट तान्ने निश्चित् छ । संस्थापन एकताबद्ध भएर अगाडि बढेको भए देउवाको हार निश्चित प्रायः थियो । किनकी देउवा साठी चालिसको राजनीति गर्दै आएका थिए । महाधिवेशन अघि देउवा पक्षले जति आकलन गरेको थियो क्षेत्रीय अधिवेशनमा त्यस्तो परिणाम देखा परेन ।

पहिलो चरणमै परिणाम निकाल्न कुदाँकुद
सभापतिका सिटौलाले नजित्ने चर्चा भएपनि पहिलो चरणको निवार्चनमा देउवा र पौडेलले एकाउन्न प्रतिशत कटाउन मुस्किल छ । संस्थापन पक्षमा भोट भाडिदा देउवाको पनि सहजै एकाउन्न प्रतिशत मत पुग्ने देखिदैन । देउवा संस्थापनमा देखिएको फुटको फाइदा उठाउदै प्रभावशाली नेताहरु धमाधम तानिरहेका छन् ।

ram chandara sher bahadur krishna sitaula

यता पौडेल भने भएकालाई पनि मिलाएर लैजान सकिरहेका छैनन् । संस्थापनमा भिडदा देउवा सकेसम्म पहिलो चरणमै परिणाम निकाल्न लागेका छन् भने पौडेल पनि सिटौला पक्षमा रहेका भोट तान्ने रणनीतिमा जोडबल गरिहेका छन् ।

व्यक्तित्वको दृष्टिकोणले सिटौलाले पनि राम्रो नै मत ल्याउने आकंलन कार्यकर्तामा सुरु भएको छ । निकै कुटिल राजनीति गर्न माहिर सिटौलाले रातारात गुट तयार गरेर महाधिवेशनमा प्यानल नै पेश गरेका छन् । सिटौलाकै कारण पहिलो चरणमा परिणाम आउनेमा ठूलै शंका रहेको छ ।

यो पनि पढ्नुस्।

‘रामचन्द्र पौडेल प्रधानमन्त्री, देउवा सभापति’

‘प्रचण्डले अभिभावक ठानेर मलाई त्यस्तो भनेका हुन्: भाजपा नेता

३७५ जना मध्ये ६३ जनाले उम्मेदवारी फिर्ता लिए

पौडेल र देउवा पक्षबीच महाधिवेशनस्थलमै भनाभन

बंगलादेशी बलरले धोनीको काटिएको शिर उचालेपछि..