फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आज पनि उम्मेदबारी दर्ता जारी छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा उम्मेदवारी दर्ता भइरहेको हो ।

केही बेर अघी मात्र महामन्त्री कृष्ण सिटौलाले आफ्नो सभापतित्वको दावेदारी सहित प्यानलको उम्मेदवारी दर्ता गरेका छन् । कृष्ण सिटौलाले महामन्त्रीका गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम अघि सारेका छन् ।

gagan thapa krishna sitaula

संस्थापन पक्षबाटै सिटौला प्यानलको उम्मेदवारी रोक्ने कार्यवाहक सभापति रामचन्द्र पौडेलको प्रयास अन्ततः असफल भएको छ ।
यस अघि अन्तिम समय सम्म पनि सिटौलाललाई सम्झाएर उम्मेदवारी रोकिने दावी रामचन्द्रले गर्दै आएका थिए । योसँगै पौडेलका भोट सिटौला प्यानलले काट्ने निश्चित भएको छ ।

सभापति पदमा कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले हिजो नै उम्मेदवारी दर्ता गराइसकेका छन ।

खुमबहादुर र कुलबहादुर देउवाको पक्षमा

रामचन्द्रले भने- कहिले काँहि आत्महत्या गर्न मन लाग्छ

भारतीय नेतालाई प्रचण्डको प्रश्न- हामीमाथि नाकाबन्दी किन ?

रामचन्द्र पौडेललेसभापति पदमा प्यानल सहित उम्मेदवारी केहीबरे अघि उम्मेदवारी दर्ता गराएका छन् । पौडेलले महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवि यादबलाई अघि सारेका छन । कांग्रेसको विधान अनुसार निर्वाचनको पहिलो चरणमा सभापतिका कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । त्यसो नभएमा फेरि दोस्रो चरणमा चुनाव हुन्छ ।

निर्वाचन समितिका अनुसार आज मध्यान्ह १२ बजेसम्म उम्मेद्वारी दर्ताको समय निर्धारण गरिएको छ । मतदान २३ गते बिहान आठ बजेदेखि दिउँसो ४ बजेसम्म प्रज्ञा भवनमा हुनेछ ।एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ केन्द्रीय सदस्य निर्वाचन प्रक्रियाबाट चुनिनेछन् । खुलाबाट २५, सात प्रदेशबाट २÷२ गरी १४, महिलाबाट ६, दलित, आदिवासी÷जनजाति, मधेसीबाट ५÷५ र मुस्लिमबाट एक केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।

एक उपसभापति, एक महामन्त्री, एक सह–महामन्त्री र २१ केन्द्रीय सदस्य भने नयाँ कार्य समितिले मनोनयन गर्ने छ । सभापतिमा शेरबहादुर देउवा र कोषाध्यक्षमा चित्रलेखा यादवले भने उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी केन्द्रीय सदस्यमा ७० जनाको उम्मेदवारी परेको छ ।