६ असोज, सिरहा । सिरहामा माओवादीले अर्को नगरपालिका कब्जा गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका श्रवण यादव विजयी भएका छन् । उनले ४६१५ मत प्राप्त गरेका छन ।

यसैगरी उपमेयरमा पनि माओवादी केन्द्रकी जिबछी साह ४८६४ मतले विजयी भएकी छन् ।

काँग्रेसका मेयरका उम्मेदवारले ३०९३ र उपमेयरले ३१४१ मत प्राप्त गरी पराजित भएका छन् ।