१३ माघ, लाहान ।

धेरै पछि मधेशमा केन्द्रविन्दु भएर भूकम्प भएको छ । गए राति १२ बजेर ३२ मिनेटमा सिराहा केन्द्र भएर ४ दशमलव २ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि २०४५ सालमा मात्र यो केन्द्रबाट भूकम्प भएको बताइएको छ । ४५ सालको भूकम्पको श्रोतबाटै गएराति भूकम्प भएको हो ।