२ असोज, एजेन्सी ।

अमेरिका र रुसका अधिकारीहरुले सिरियामा चर्किरहेको गृहयुद्धका बारेमा छलफल गरेका छन् । अमेरिकी रक्षा मन्त्रालयका अनुसार यस बारेमा दुई देशबीच एक वर्षपछि छलफल भएको हो ।

अमेरिकी रक्षामन्त्री ऐस्टर्न कार्टर र रुसी रक्षामन्त्रीबीच दुई देशबीच रहिरहेको असहमतिमाथि छलफल भएको थियो । सिरियामा भइरहेको रक्तपात बारे दुई देशबीच गम्भीर मतभेद रहँदा समाधान खोज्न सकिएको छैन ।

Putin-Obama

रुसले सिरियाली सरकारलाई समर्थन गरेको छ भने अमेरिकाले बर्तमान राष्ट्रपतिको बिकल्प चाहन्छ । अर्कातर्फ अमेरिका रुसले सिरियामा सैन्य शक्ति बढाएको भन्दै चिन्तित रहेको छ ।