७ चैत, ऐजेन्सी । क्यान्सर डरलाग्दो रोग मानिन्छ । अहिले विश्वमा वार्षिक लाखौं व्यक्तिको ज्यान क्यान्सर कै कारण जाने गरेको छ । क्यान्सरले शरिरमा प्रभाव पारिसकेपछि मात्र यसका पहिचान हुनेहुनाले उपचार निकै कठिन हुने गर्दछ ।

क्यान्सर लागे नलागेको पत्ता लगाउनकै लागि महंगो परिक्षण गर्नुपर्छ । तर एक महिला यस्ती छन् जसले नाकले सुँघेकै भरमा मानिसमा क्यान्सर लागे नलागेको पत्ता लगाउँछिन् ।

यि महिलाको नाम मेलन हो । उनी लण्डनमा सेन्टको व्यापार गर्ने अरबपती हुन् । उनको नाकको सुँघ्ने क्षमता गजबको छ । उनी आफै ब्रेस्ट क्यान्सर पीडित हुन् । उनको दाबीलाई पुष्टी गर्न हालै लंडनको मेडिकल डिटेक्शन सेन्टरमा परिक्षण गरीएको थियो । डाक्टरका अनुसार मेलनको सुँघ्ने क्षमता अस्वाभाविक छ । यसलाई सिनेस्टिया भनिन्छ । यो एक प्रकारका असामान्य न्यूरोलोजिक अवस्था हो । यसैका कारण उनी ध्वनी र रंगको बारेमा सुँघेरै व्याख्या गर्न सक्छिन् ।