११ मंसिर, काठमाडौं । साताको चौथो दिन सुनचाँदीको स्थिर रहेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ७० हजार ९ सय रुपैयाँ तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य ८ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । मंगलबार आजकै मूल्यमा सुनचाँखीको कारोबार भएको थियो ।

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार हुँदा तेजाबी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँ प्रतितोलामा बिक्रीवितरण भएको महासंघले जानकारी दिएको छ ।