२० फागुन, काठमाडौं ।

आफ्नो औकात देखाउनकै लागि सभापतिमा उम्मेदवारी घोषणा गरेकी सुजाता कोइराला अन्ततः ब्याक भएकी छिन् । उम्मेदवारी घोषणाको २४ घण्टा नवित्दै सुजाता कोइरालाले उम्मेदवारी फिर्ता गर्दै रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएकी छिन् ।

संस्थापनमै तीन उम्मेदवारी परेपछि तनावमा परेका रामचन्द्र पौडेलले सुजातालाई आफ्नो पक्षमा ल्याउन ३ शुत्र प्रयोग गरेका छन् । उनले सुजातालाई महिला उपसभापति, सरकार र ५ केन्द्रिय सदस्यको पासा फालेर आफ्नो बसमा पारेका हुन् ।

ramchanda sujata

यो सहमतिपछि भविष्यमा विधान संसोधनपछि मनोनित महिला उपसभापति हुने, सरकारमा नेतृत्व गरेर जाने तथा ५ जना केन्द्रिय सदस्य पकेटमा राख्ने विशेष अधिकार सुजाताले पाएकी छिन् ।

हिँजो मात्र सुजाताले “सभापतिको चावी मेरो हातमा छ” भन्दै आफू निर्णायक हुने बताएकी थिइन् ।

गुटबन्दी र भागवण्डाले कांग्रेसलाई पक्षघात गरायोःरामचन्द्र पौडेल (घोषणा पत्र सहित)

कांग्रेस महाधिवेशन : देउवा अगाडि, पौडेल दोस्रो, सिटौला तेस्रो नम्बरमा

सुजाताले जिपी र विपीको नाम लिँदै गिरिजाप्रसाद कोइरालाले अपनाएको बाटो र पद्धति समाप्त पार्ने खेल भएको भन्दै अब आफूले पार्टीको नेतृत्व लिने सुजाताले दाबी पनि गरेकी थिइन् । तर अव भने रामचन्द्रका लागि जिपी र विपीको बाटो उनले छोडेकी छिन् ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन केहीबेरमा राजधानीमा शुरु हुँदैछ । अहिले सम्म कांग्रेसमा ३ प्यानलको उम्मेदवारी घोषणा भएको छ ।