१३ मंसिर, कालिकोट । कालिकोटमा सुत्केरी बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन ।

लु २ च २००३ नम्बरको जीप गएराती जिल्ला अस्पताल कालिकोट नजिकैको माथिल्लो मोडमा दुर्घटना हुँदा मुगुका ३५  वर्षिय नरविक्रम मल्ल, ४५ वर्षिय जयरुप भूमी र जुम्लाका १४ वर्षिय यदुराज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार गर्भवती महिला बोकेर नेपालगञ्जका लागि छुटेको जीप दुर्घटनामा मुगुका विष्णुराज धामी, लक्ष्मी रावल, किसिम कार्की, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तराज शाही र जीप चालक बाँकेका इन्द्रप्रसाद थारु घाईते भएका छन ।

घाईतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भैरहेको छ ।