२० असोज, काठमाडौं । लगातार ओरालो लागेको सुनको भाउ आज पनि घटेको छ । हिजो तोलाको ५६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेर ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भारत राजस्थानको आकाशमा सन्धिग्द ड्रोन देखिएपछि आतंक

चाँदी पनि हिजोको तुलनामा तोलामा १० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच दशैं लागेपनि र भाउ घटेपनि सुनचाँदीको कारोबार अपेक्षाकृत बढ्न नसकेको व्यवसायीले बताएका छन् । दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको तर सोही अनुरुप उपभोक्ताको आम्दानी बढ्न नसक्दा सुनको कारोबारमा कमी आएको व्यवसायीको भनाई छ ।

चर्काे मूल्य वृद्धिका कारण उपभोक्तालाई दैनिक उपभोग्य बस्तुकै जोहो गर्न धौ–धौ पर्ने हुँदा सुनचाँदीको माग घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । भूकम्प पछिका चाडपर्वमा अघिल्ला बर्षहरुमा जस्तो सुनचाँदीको उल्लेख्य कारोबार नभएको उनको भनाई छ ।

विश्वका कुन देशका राष्ट्राध्यक्षले खान्छन् सबैभन्दा बढी तलव? ११ राष्ट्राध्यक्षको तलव यस्तो

विदेशबाट आउने रेमिट्यान्स पनि मानिसहरुले भूकम्पले भत्किएका घरको पुननिर्माणमा खर्चने गरेकाले सुनचाँदीको बजार उकालो लाग्न नसकेको व्यवसायीको निश्कर्ष छ । विवाह, व्रतबन्ध लगायतका शुभकार्यमा सुनचाँदी जोड्नै पर्ने बाध्यता हुँदा पनि मानिसहरुले सकभर थोरैमा काम चलाइरहेको अध्यक्ष शाक्यले बताए ।

‘५ तोला चाहिने ठाउँमा मान्छेले दुई तोला, तीन तोलले काम चलाइरहेका छन्’, उनले भने । भूकम्प अघिको दशैं तिहारमा देशभर दैनिक ४५ किलो भन्दा बढी सुन खपत हुने गरेपनि अहिले दैनिक २५ किलोको हाराहारीमा मात्रै खपत भइरहेको छ । ‘२५ किलो भनेको अफसिजनको औसत माग हो, उनले भने, चाडपर्व र सिजनका बेला त यस्तो हालत छ भने सुन बजार कस्तो छ भन्ने सहजै अनुमान लाउन सकिन्छ ।’

१०० आतंकबादीको साथ लिएर भारतमा आक्रमण योजना- भारतीय मिडिया

बजारमा सुनको भाउ केही दिनदेखि लगातार घटिरहेको छ । यो हप्ताको शुरु देखिनै घटिरहेको सुनको भाउ हिजो अचानक तोलामा १ हजार १ सय रुपैयाँ घटेको थियो ।