gold३ साउन, काठमाडौ । बुधबार बढेको सुनको मूल्य आज बिहिबार भने घटेको छ । सुनको मूल्य बुधबारको तुलनामा आज बिहिबार मात्र १ सय ५० ले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार आज सुन प्रतितोला ५० हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ तोलामा ५१ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ १० रुपैयाँले घटेको छ । चाँदी तोलामा ८ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।