१४ मंसिर, काठमाडौं ।

सुनको मूल्य निरन्तर ओरालो लाग्को छ । सोमबार पनि सुनको मूल्यमा प्रति तोला २ सय रुपैयाँले घटेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

हिँजो ४८२०० मा विक्री वितरण भएको सुन आज सोमबार २ सय रुपैयाँ घटेर प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भैरहेको महासंघले जानकारी दिएको छ ।

चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ६ सय ७० रुपैयाँमा विक्री वितरण भैरहेको छ ।