२१ पुष, काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । पछिल्लो तीन दिनमा तोलामै २५ सय रुपैयाँ बढिसकेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । बिहीबार ७३ हजार ५ सय रहेको सुन शुक्रबार ७४ हजार ५ सय र आइतबार ७५ हजार ५ सय रुपैयाँमा काराबोर भएको थियो । आज तोलामा ५ सय रुपैयाँ बढेर ७६ हजार रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकोले नेपालमा सुनको भाउ आकाशिएको व्यवसायीको भनाइ छ । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले पछिल्लो समय अमेरिका र इरानबीचको बढ्दो तनावको असर पनि सुनको मूल्यमा परेको छ । सुनको मूल्य बढेसँगै कारोबार घटेको छ । साना व्यवसायीहरु त पलायन हुन खतरामा पुगेको पूर्वअध्यक्ष शाक्यले बताए । चाँदी पनि आज तोलामा २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ ।