५ फागुन, काठमाडौं । साताको दोश्रो दिन सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यसँग बराबर भएको छ । सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा बढोत्तरी भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोलामा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य ७६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर सोमबार तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि पुस २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च तोलको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो । उक्त दिन चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको थियो । उक्त समयमा ईरान र अमेरिकाबीचको तनावका कारण सुनचाँदीको मूल्यमा ब्यापक उछाल आएको थियो ।