५ मंसिर, इटहरी।

सुनसरी, मोरङ र झापालाई २ नं प्रदेशमा गाभिनु हुँदैन भन्दै नागरिक समाज दुहवीले दुहवी बजारमा जुलुस प्रदर्शन गरेको छ ।

सो जुलुसमा हजारौँको सङ्ख्यामा नरनारीको सहभागिता थियो । यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जुलुसमा सहभागी र प्रहरीतर्फ गुलेलीबाट गुच्चा प्रहार गर्दा दुहवीको अवस्था तनावग्रस्त छ । दुई पक्षबीच दोहोरो झडप हुन नदिन सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ ।

सडकमा गुडिरहेको सवारी साधन रोकेर तोडफोड गर्ने र यात्रुलाई हातपात गर्ने मोर्चाका पाँच कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । रासस

यो पनि पढ्नुस्।

चीनले किन्यो रसियाबाट यस्तो हतियार

रसियाको सिरियामा विध्वंश, एकैपल्टमा ६ सय मारिए

तराई मधेसको समस्या समाधान गर्न सत्तारुढ र प्रतिपक्षी दल सहमत