२१ चैत, रौतहट ।
रौतहटको गौरमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच पटक–पटक झडप भएको छ । प्रहरीले भिडलाई तितर–बितर पार्न सयौं राउण्ड अश्रृग्यास र रबरको गोली प्रहार गरेको छ ।

स्थिति थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अपरान्ह २ बजेबाट गौरमा कर्फ्यु आदेश जारी गरेको छ । अघिल्लो दिनको आन्दोलनमा प्रहरी दमन बढेको भन्दै गाउँ–गाउँबाट लाठी बोकेर सदरमुकाम गौर छिरेका प्रर्दशनकारी नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको छ ।

गौर बजारको कुना–कुनाबाट निस्केका आन्दोलनकारी जिल्ला प्रहरी कार्यालय नजिक पुगेपछि रोक्न सुरक्षाकर्मीले अश्रृग्यास र रबरको गोली प्रहार गरेको छ । ढुङ्गा र अश्रृग्यास प्रहारले गौर बजार तनाबपूर्ण बनेको छ । प्रदर्शनकारीले टिकुलियाघाटबाट गौर आउँदै गरेको नेपाल प्रहरीको ना.२.झ ५८२ नम्बरको गाडी जलाएका छन् ।

Jhadap 1

 

फाइल तस्विर

आन्दोलनकारीले बिहान मृत्यु भएका रामअशिष ठाकुरलाई शहिद घोषणा, चन्द्रनिगाहपुरमा भएका केही सरकारी कार्यालय सदरमुकाम गौरमा सानु पर्ने घट्नाको न्यायीक छानविन तथा उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन झनै चर्काउँदै लगेका छन् । शुक्रबार राति सबगढामा बाटो अबरुद्ध गर्न बसेका ठाकुरलाई सशस्त्रको गाडीले ठक्कर दिएको थियो ।

उपचारकै क्रममा ठाकुराको शनिवार विहान मृत्यु भएपछि प्रदर्शनकारी झनै उत्तेजित भएका छन् । कार्यालय बिस्तारको निर्णय फिर्ता लिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट फ्याक्समार्फत पत्र आएपछि सहमतिको बिन्दुमा पुग्ने अनुमान गरेको प्रशासनलाई ठाकुरको मृत्युले झनै तनाबमा पारेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले ठाकुरको मृत्युले केही समस्या थपेको बताएका छन् ।