१५ चैत, एजेन्सी।

संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यले परमाणु हतियारमाथी विश्वव्यापी प्रतिबन्ध लगाउनेबारे छलफल बहिष्कार गरेका छन्।

अमेरिका, ब्रिटेन र फ्रान्स समेत करिब ४० देश नयाँ सन्धिको चर्चाबारे बोलाइएको संयुक्त राष्ट्रको बैठकमा सहभागी भएनन्। जहाँ १२० भन्दा बढी देशले परमाणु प्रतिबन्माथी कानुनी रोक लगाउने योजनाको समर्थन गरे।

संयुक्त राष्ट्रमा अमेरिकाकी राजदूत निकी हेलीले परमाणु हतियारमाथी विश्वव्यापी प्रतिबन्ध लगाउनु ‘यथार्थवादी’ कदम नभएको बताइन।

निकी हेलीले भनिन, ‘राष्ट्रतिय सुरक्षाको लागि परमाणु हतियार जरुरी छ।’

उनले भनिन, ‘म आफ्नो परिवारको लागि परमाणु हतियार विहिन दुनियाँ भन्दा बढी केही चाहन्न तर हामी यथार्थवादी हुनुपर्छ। के कोही मान्छ कि उत्तर कोरिया परमाणु हतियारमाथी प्रतिबन्ध लगाउनको लागि तयार हुनेछ?’

उत्तर कोरियाले हालै चीन समेत पुरै अन्तराष्ट्रिय समुदायको चेतावनी वेवास्तागर्दै परमाणु र मिसाइल प्रविधिको परीक्षण गरेको थियो।

अक्टोबरमा संयुक्त राष्ट्रको एक सम्मेलनमा परमाणु हतियारमाथी कानुनी रोक लगाउनेबारे छलफलको घोषणा गरिएको थियो।

तब ब्रिटेन, फ्रान्स, इजराएल, रुस र अमेरिकाले परमाणु प्रतिबन्ध सन्धीको विरुद्ध भोट गरेका थिए भने चीन, भारत र पाकिस्तान यसमा सहभागी नै भएका थिएनन्।

जापाना एक्लो देश हो जसले सन् १९४५ मा परमाणु आक्रमण झेलेको थियो, उसले पनि छलफलको विरुद्ध भोट दिएको थियो।