१ मंसिर, काठमाडौं ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका लागि बनाइएको सुरक्षा प्रोटोकल मिचेका छन् ।

८ अर्वको विवाहः २७ करोडको साडी, १० हजार पाहुना (फिचर)

राष्ट्रपतिमा निर्वाचित भएको १ महिना नवित्दै ट्रम्पले सुरक्षा प्रोटोकल तोडेको अमेरिकी सञ्चार संस्था एपीले जनाएको छ ।

trump-in-restarant

ट्रम्पले सुरक्षा प्रोटोकल तोडेर न्यूयोर्कस्थित एक रेष्टुरेन्टको क्लवमा २ घण्टा परिवारका सदस्यहरुसँग विताएको समाचारमा जनाइएको छ । उक्त रेष्टुरेन्ट ट्रम्प टावर नजिकै रहेको छ ।

भारतीय विदेशमन्त्री सुष्माको किड्नी फेल !

ट्रम्प त्यहाँबाट निस्कने समयमा मात्र पत्रकारहरुले उनी त्यहाँ रहेको चाल पाएका थिए । त्यही रेष्टुरेन्टमा रहेका एक उपभोक्ताले ट्रम्पको तस्विर ट्वीट गरेपछि मात्र उनी त्यहाँ पुगेको कुरा सार्वजनिक भएको थियो ।

सोलिडारिटी कप जितेपछि बिमलले बहिनीलाई सम्झिए !

अमेरिकी राष्ट्रपतिलाई सुरक्षा प्रदान नगरिएको स्थानमा समयव विताउने अनुमति हुँदैन । ट्रम्पले भने राष्ट्रपति भएको १ सातामै उक्त सुरक्षा प्रोटोकल तोडेका हुन् ।