२२ पुष, एजेन्सी । इरान र साउदी अरबबीचको दुश्मनी, इरान र अमेरिकाबीचको दुश्मनीभन्दा खासै फरक छैन ।

साउदी र अमेरिकाबीच गहिरो सम्बन्ध छ जबकि इरानसँग दुवै देशको सम्बन्ध खराब रहेको छ । यमन, सिरिया र इराकसहित लेबनानसम्म ईरान र साउदीअरब आमनेसामने छन् । यी देशमा जनरल कासिम सुलमानी ले ईरानी सैन्य अभियानको नेतृत्व गरिरहेका थिए । तर शुक्रबार अमेरिकाले इराको बगदादमा हवाई आक्रमण गरी सुलेमानीको हत्या गरिदिएको थियो । यो घटनापछि साउदी अरबको प्रतिक्रिया कस्तो हुन्छ भन्ने आम चासो छ ।

अरबी पत्रिका अर्शाक अल अवसातका अनुसार साउदी अरबले ईरानी सैन्य कमाण्डर सुलेमानीको हत्यापछि दुवै देशलाई संयमता कायम राख्न आह्वान गरेको छ । साउदीका राजकुमार मोहम्मद बिन सलमानसँग अ‍मेरिकी विदेशमन्त्री माइक पोम्पेओले टेलिफोनमा कुराकानी गर्दै अवस्थाबारे जानकारी दिएका छन् । रिभोल्युशनरी गार्डस्को कुद्स सेनाका प्रमुख सुलेमानी सर्वोच्च धार्मिक नेता आयतोल्लाह खामेनीपछिको शक्तिशाली मानिन्थे ।