१९ माघ, काठमाडौं ।
नेपाली कांग्रेसका महाधिवेशन जतिजति नजिकिँदै छ, उतिउति नेतृत्वका विषयमा चर्को बहस पनि सुरु भएको छ ।

कांग्रेसका अधिकांश युवापुस्ता नयाँ अनुहारका खोजीमा छन् । अर्थात आगामी महाधिवेशनबाट कोइराला परिवारको हातबाट कांग्रेस नेतृत्व उम्क्याउन चाहन्छन् ।

यो कुरा राम्रोसँग बुझेका पनि छन् तर, के गर्नु , सुशील आफैँ उठे पनि जित्ने हुन् कि हार्ने हुन् कुनै टुंगो छैन । यसैबीच अस्ति बिहान कृृष्णप्रसाद सिटौँला टुप्लुक्क महाराजगन्ज पुगे ।

सुशीलसँगको भेटमा सिटौलाले भने–सबैको मत नयाँ नेतृत्वमा भएकोले यस पटक मलाई छाड्दा के होला सुशीलादा ? त्यसपछि सुशीलले जंगिदै म मरे कि क्या हो भनेपछि सिटौला टाप कसे । दृष्ट्रि साप्ताहिकमा खबर छ ।

यो पनि पढ्नुस्।

प्रचण्डले भने, ‘भारतले नाका खोल्नेमा विश्वस्त छैन’

हेडक्वार्टरमा हंगामा

०४१ सालमै हावाबाट बिजुली

पौडेललाई मनाउन दुवै पक्षबाट आकर्षक प्रस्ताव