१० पुष, एजेन्सी । सन् २०१९ को अन्तिम सूर्य ग्रहण सकिएको छ । यो सूर्यग्रहणको असर आगामी १५ दिनसम्म रहनेछ । यो असरका कारण तीन राशीको शुभ समय सुरु भएको छ ।सूर्य ग्रहणको प्रभावले कर्कट, तुला र कुम्भ राशि भएका मानिसले मनग्य आर्थिक लाभ प्राप्त गर्न सक्नेछन् ।

कर्कट राशि: कर्कट राशिका मानिसलाई सूर्य ग्रहणले आर्थिक लाभ दिन सक्नेछ । पैसाका मामिलामा नातेदारसँग भने विवाद बढ्न सक्ने देखिएको छ । तर धनको हानी हुने योग भने देखिँदैन । कुनै ठूलै अवसर पनि हात लाग्ने देख्निछ । पारिवारिक दृष्टिकोणले यो ग्रहण तपाइका लागि धेरै राम्रो रहेको छ ।

तुला राशि: तुला राशि हुनेका लागि भने यो सुर्यग्रहणको प्रभावले आकस्मिक आर्थिक लाभको संभावना छ । घरजग्गा कारोबारमा लगानी गर्दा लाभदायक हुने देखिएको छ । सूर्यग्रहणपछि व्यापारमा पनि धनलाभको योग बनेको छ । १५ दिन भित्र पैसाको अभाव महशुस हुनेछैन भने खर्चमाथि पनि पूरै नियन्त्रण रहनेछ । राम रक्षा स्तोत्र पाठ गर्दा हानीबाट जोगिनेछ र थप लाभ हुनेछ । रातो फल दान गर्नु उपयुक्त छ ।

कुम्भ: राशि हुनेका लागि ग्रहणले भाग्य चम्काउने योग छ । आकस्म्कि परिवर्तनका साथै आर्थिक लाभको योग बनेको छ । रोकिएको धन हात लाग्ने संभावना छ । घरको आर्थिक अवस्था पनि सुदृढ हुने देखिन्छ । दीर्घकालीन फाइदाका लागि लगानी गर्ने उत्तम समय छ । गीताको पाठ गर्नु लाभदायक छ ।

अनुवादः आजतक