एजेन्सी।

जापानको आधा जनसङ्ख्या यौनक्रिडामा रुची राख्दैन भन्दा पत्याउन गाह्रो हुन्छ। उनीहरु यौन रहित वैवाहिक जीवन अधिक मनपराउँछन्।

जापानको एक परिवार नियोजन एसोसिएशनको एक सर्भे रिपोर्टमा यस्तो खुलासा गरिएको छ। कामको चापका बिच बच्चा पैदा हुनुले जापानमा यस्तो धारणा बढेको पाइन्छ।

रिपोर्टको अनुसार विवाहित दम्पति महिनामा एक दुइ पटक सम्बन्ध कायम गर्ने गर्छन्। अधिकांस मामलामा यो भन्दा कम शारीरिक सम्बन्धको रेकर्ड पाइएको छ।

एसोसिएशनले यो धारणामा हुने विवाहलाई ‘सेक्सलेस म्यारिज’ नाम दिएको छ।

एसोसिएशनले यो सर्भे १६ देखि ४९ वर्ष सम्मका तीन हजार मानिसमा गरेको थियो।

अध्ययन अनुसार ४७ प्रतिशत पुरुष र महिला सम्बन्ध कायम गर्न इच्छुक छैनन्। सन् २०१४ मा गरिएको यस्तै एक सर्भेको आकंडा भन्दा यो २.६ प्रतिशतले बढी हो।

एसोसिएशनले सन् २००४ मा ‘नेशन्स बेडरुम ह्याबिट्स’ को पहिलो सर्भे गर्दा यो आकंडा ३१.९ प्रतिशत थियो। जापानी मिडिया पनि सेक्स विनाको विवादको चलन बढेको बताउँछन्। जसको कारण कामको दबाब बताइन्छ।

काम पश्चातको थकाइले ३५ प्रतिशत विवाहित शारीरिक सम्बन्ध बनाउन रुची राख्दैनन्। साथै बच्चा जन्मिएपछि सेक्स जीवन नीरस भएको केयौँ जापनीको भोगाइ छ। अहिले जापानमा अविवाहितको सङ्ख्या बढ्दो छ।