४ असोज, बझाङ । जयपृथ्वी नगरपालिकामा शनिबार एक जनालाई सेती नदीले बगाएको छ । वडा नम्बर १० चैनपुर नजिकै डुङ्ग्रीबाट नदीले मानिस बगाएको हो ।

नदीमा एक जना मानिस बगेको बासिन्दाले देखेको तर ती को हुन् ? भन्नेबारे पहिचान भइनसकेको प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए ।