३ असार, एजेन्सी।

आज शुक्रबार रिलिज भएको ‘उडंता पंजाब’ को अनकट भर्जन इन्टरनेटमा २ दिन अगावै लिक भइसकेको छ। आरोप लगाइएको छ कि, फिल्मको बक्स अफिस पर्फर्मेन्सलाई नोक्सान पुर्याउन सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन (सेन्सर बोर्ड) कै कोही व्यक्तिले यसलाई लिक गरेका हुन।

इन्टरनेटको लाइभ स्ट्रीमिङ वेबसाइट्समा फिल्म ७० हजार पटक अपलोड गरिएको थियो। भारतको अलग-अलगमा राज्यका एन्टी पाइरेसी विभागलाई ७३२ वेबसाइट्समा लीक भएको फिल्मको अंश भेटिएको छ।udta punjab poster

फिल्मको दुई भर्जन लिक भएका थिए। पहिलो अर्थात पुरा फिल्म २ घन्टा २० मिनेट को छ। दोस्रो भर्जन ४० मिनेटको भएको बताइएको छ। यो दोस्रो भर्जनमा सेन्सर बोर्डले हटाउन चाहेको सिनहरु भएको बताइएको छ।

बिहिबार लाखौँले यसलाई डाउनलोड गरे। लिक भएको भर्जनका केही ठाउँमा ‘For Censor’ वाटरमार्क देखिएकाले सेन्सर बोर्डले नै लिक गरेको आरोप लगाइएको हो।

निर्मातालाई नोक्सान
इन्टरनेटमा लिक भएको कारण फिल्मको कमाइमा कमी आउने बताइएको छ। यो फिल्मले पाइरेसीको मामलामा हलिउडका ब्लकबस्टर फिल्म र टिभि शोलाई पनि पछाडी पारेको बताइएको छ।

फिल्मका निर्माता अनुराग कश्यपले फिल्मलाई डाउनलोड अनि सेयर नगर्न आग्रह समेत गरेका छन्।