७ पुस, एजेन्सी।
बलिउड नायक सेफ अलि खान तेस्रो पटक पिता बनेका छन्। उनकी दोस्रो पत्नी करिना कपुरले छोरा जन्माएकी हुन्। तर भारत सरकारको एक नयाँ अध्यादेश अनुसार करिनाका छोरा तैमुर अल खान पटौदी पिता सेफ अली खानको ५००० करोडको सम्पतिको हकदार हुन पाउने छैनन्। भोपाल प्रान्तका अन्तिम नवाब तथा सेफका जिजुबुवा हमीदुल्ला खानको पुरै चल-अलच सम्पति ‘शत्रु सम्पति कानुन’को नियन्त्रणमा छ। भारत सरकारले एनिमी प्रोपर्टी प्रोटेक्शन एन्ड रजिस्ट्रेशन कानुनमा संशोधन गर्न पाँचौ पटक अध्यादेश जारी गर्ने प्रस्तावलाई बुधबार मञ्जुरी दिएको छ। यो अध्यादेश अब राष्ट्रपति समक्ष उनको सहमतिको लागि पठाइनेछ।saif-ali-khan-and-kareena-kapoor-868077

भारतको केन्द्रीय क्याबिनेटले युद्ध पश्चात पाकिस्तान र चीन हिडेका व्यक्तिहरुको सम्पतिको हकदार वा त्यसको नामसारीको दाबीको विरुद्ध यो कदम उठाएको हो। यो सम्पति अहिले सरकारको एनिमी प्रोपर्टीको संरक्षकको कब्जामा छ।

यो पढ्नुस्: करिना जन्मदाँ अनि छोरो जन्माउँदा घटेको एकै संयोग!

भोपालमा सेफको करिब ५००० करोड भारु बराबरको सम्पति रहेको बताइन्छ। हरियाणा र भारतका अन्य हिस्सामा पनि उनको करोडौँ सम्पति छ। पिता नवाब पटौदीको मृत्यु पछि केही महिना यी सम्पतिको हेरचाह उनकी पत्तनी शर्मिला टैगोरले गरेकी थिइन। पछि यसको जिम्मेदारी सेफकी पहिलो पत्नीकी छोरी सबालाई दिइयो।

नवाब पटौदीको इच्छापत्र अहिलेसम्म सार्वजनिक भएको छैन। त्यसकारण यो स्पष्ट भएको छैन कि उनका ३ सन्तान र पत्नीले सम्पतिको कति हिस्सा पाउँछन्।

सेफकी पहिलो पत्नी अमृता सिंहको एक छोरा अनि एक छोरी छन् । दुवै बालिग भइसके। अब दोस्रो पत्नी करिनाको छोरा भएपछि सेफको भागमा परेको सम्पतिमा तेस्रो हकदार थपिएको हो।

गृहको जाँच
नवाब पटौदीको सम्पति सुरु देखि नै विवादमा छ। भोपालमा उनको अधिकांश जमिन-सम्पति शत्रु सम्पतिको कब्जामा आइसकेको छ। भोपालका नवाब हमीदुल्ला खानले त्यो समय सम्पतिको हकदार आफ्नो जेठी छोरी आबिदालाई बनाएका थिए, जो पाकिस्तान हिडेकी थिइन। त्यसपछि यो सम्पतिमाथी उनकी माहिली छोरी साजिदा सुल्तानको परिवारको कब्जा भयो, जसका नाति सेफ अली खान हुन, अर्थात हमीदुल्लाका पनाती। पछिल्ला दिन शत्रु सम्पति विभागले सेफलाई सोधेको थियो कि जिजुबुवाको सम्पति कहाँ कहाँ छ?

साजिदा सुल्तानले नवाब हमीदुल्ला खाँको सम्पति नवाब पटौदीको नाममा नामसारी नगरेको समेत बताइने गर्छ। तापनि छोराको नाताले पटौदी यसको रेखदेख गर्दै थिए। पटौदीको मृत्यु पश्चात उनका दुई बहिनी सबीहा र सालेहाले यसमा आफ्नो हक रहेको बताउँदै आएका छन्। मुद्धा कानुनी लडाईमा फसेको छ। सेफको भागमा कति पर्छ, अझ सेफको छोराछोरीसम्म त्यो सम्पति आइपुग्छ पुग्दैन, कुनै टुङ्गो छैन।